आईएसको नर्कबाट फर्किएपछि: ‘म दुख्यो भन्थेँ, ऊ बलात्कारलाई अल्लाह उपासना मान्थ्यो’

♠ Posted by News Express Today at 4:52 AM
आतङ्ककारी संगठन इस्लामिक स्टेट (आईएसआईएस) को कब्जाबाट मुक्त भएकी एक याजीदी किशोरीले आफ्नो दर्दनाक कहानी दि न्यूयोर्क टाइम्ससँग बाँढेकी छिन् । ११ महिनासम्म आतङ्ककारीको कैदमा रहेर मुक्त भएकी ती किशोरीले भनिन्, ‘म उसलाई भन्थेँ, यस्तो नगर्नुस् न, मलाई एकदमै पीडा हुन्छ । उसले भन्थ्यो इस्लाम धर्ममा बलात्कार अपराध होइन । यसो गर्दा मलाई स्वर्ग प्राप्त हुन्छ ।’

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस । Yajidi girl
स्मरण रहोस्, अघिल्लो वर्षमात्रै आईएसआईएसले याजीदी समुदायका ५ हजार भन्दा बढी युवती तथा महिलाहरुलाई अपहरण गरेको थियो ।

आतङ्ककारी भन्थ्यो बलात्कार गर्नु अल्लाहको उपासना !

आईएसको कब्जाबाट छुटेका यी युवतीहरु अहिले शरणार्थी क्याम्पमा छन् । क्याम्पमा बसिरहेकी १५ वर्षीय किशोरीले भनिन्, ‘त्यो आतङ्ककारी इस्लाम धर्म ग्रन्थको हवाला दिँदै गैरमुस्लिम महिलालाई हमला गर्नु र उनीहरुको बलात्कार गर्नु सही हो, भन्थ्यो ।’
Yaijidi women 1

कुर्दिस्थानको शरणार्थी क्याम्पमा बलात्कारपीडित महिला खाना बनाउँदै


उनले अघि भनिन्, ‘इज्जत लुट्नुअघि ऊ सधैँ नमाज पढ्थ्यो अनि भन्थ्यो रेप गर्नु पनि अल्लाहको उपासना हो ।’ मैले भन्थेँ यसबाट तेरो अल्लाह पनि खुसी हुँदैनन्, उसले तुरुन्तै जवाफ फर्काउँथ्यो, यो अल्लाहको आदेश हो ।’
Yajidi women
दोहुक प्रान्तको बाहिरी इलाकामा रहेको शरणार्थी क्याम्पमा टोलाउँदै याजीदी महिला


गर्भवती महिलालाई अलग


भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
हाल शरणार्थीको जीवन बिताइरहेकी अर्की एक महिलाले भनिन्, ‘मलाई अन्य ५०० जना महिला तथा बालिकाहरुसँगै मल्टिस्टोरी बिल्डिङमा राखिएको थियो । त्यहाँ रहेकी सबैभन्दा कान्छी बालिकाको उमेर ११ वर्ष थियो । जब खरिद गर्ने मान्छे पुग्थे, तब युवती तथा बालिकाहरुलाई अलग, अलग कोठाबाट निकालिन्थ्यो । हामीलाई एक-एक गरेर नामले बोलाउँथ्यो । अनि उसको सामने रहेको कुर्सीमा बस्न लगाइन्थ्यो । त्यहाँ जानुअघि हाम्रो दुपट्टा र बुर्का खोल्ने गरिन्थ्यो ।

Yajidi girl 1शरणार्थी शिविरमा आफ्ना पिता र ४ वर्षीय भाइसँग बलात्कारपीडित युवती


जब मेरो पाली आयो, मलाई ४ पटक उठाइयो । उसले मलाई घुम्न लगायो, ताकि मेरो शरीरलाई राम्ररी नियाल्न सकोस् । त्यहाँ हामीलाई एकदमै निजी कुराहरु पनि सोधिन्थ्यो । खरिद गर्ने मान्छेले रजस्वलाको डेट पनि सोध्थ्यो, ता कि गर्भ रहेको वा नरहेको थाहा पाउन सकियोस् । उनीहरु गर्भवती महिलालाई रेप गर्नुचाहीँ अपराध हो भन्थे ।

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

0 comments:

Post a Comment