के नासाले भर्खर पत्ता लगाएको पृथ्वी जस्तो नयाँ ग्रह यस्तै देखिन्छ होला?

♠ Posted by News Express Today at 3:39 AM

kepler
अन्तर्राष्ट्रिय मिडियामा अहिले खुबै छाएको छ दोस्रो पृथ्वी। पृथ्वी जस्तै ग्रह भेटियो। earth 2.0 आदि इत्यादि। खासमा नासाको केप्लर नामको ग्रह खोज्ने अन्तरिक्ष यानले यो ग्रह भेट्टाएको हो जसलाई केप्लर ४५२ बी नाम दिइएको छ। यसको घोषणा नासाले बिहीबार गर्दै भन्यो, उनीहरुले अहिलेसम्ममा भेट्टाएका ग्रहहरु मध्ये पृथ्वी जस्तै देखिएको यही हो। माथिको फोटो नासाले नै जारी गरेको हो। यो चाहिँ फोटो नभएर कलाकारले गरेको परिकल्पना हो जसमा पहाड र ताल देखिएको छ। के साँच्चै यस्तै छ होला त त्यो ग्रहमा ? पृथ्वीमा हामी मान्छे जस्तै त्यहाँ पनि छन् कि?

अन्तर्राष्ट्रिय समाचारको भिडमा सबैले नासाका कुरालाई नै प्राथमिकताका साथ सम्प्रेषण गरेको भेटिएको छ। तर वायर्डमा भने अलि फरक कुरा छ। यहाँ त्यसैको भावानुवाद राख्दैछु।
नासा आफ्नो केप्लर मिसनको सफतालाई प्रदर्शन गर्न हतारिएको छ। वास्तवमा खगोलविद्हरुलाई यो केप्लर ४५२ बी ग्रहको बारेमा धेरै कम थाहा छ। किन त ? किन भने एक्सोप्लानेट फेला पार्नु निकै निकै नै गाह्रो छ। केप्लरले आफ्नो ताराअगाडि कुनै ग्रह गुज्रँदा प्रकाशमा हुने सानो परिवर्तनलाई हेर्छ। यही विधिबाट मात्रै वैज्ञानिकहरु ग्रहको आकार र यसको सूर्यसँगको दूरी बारे थाहा पाउन सक्छन्।
नासाले अहिलेसम्म यो ग्रहबारे थाहा पाएको तथ्य भनेको यसको रेडियस पृथ्वीको भन्दा ६० प्रतिशत बढी छ। त्यस्तै यसको आफ्नै सूर्यलाई फन्को लगाउन ३८५ दिन लाग्छ। हाम्रो पृथ्वीले लगाउने ३६५ दिनभन्दा थोरै बढी।
तर एउटा महत्वपूर्ण कुरा खगोलविदहरुलाई थाहा छैन त्यो हो केप्लर ४५२ बीको मास। पृथ्वीभन्दा पाँच गुणा बढी भएको अनुमान छ। त्यसो हो भने यो ग्रहमा चट्टान धेरै हुनेछन्। तर चट्टानै चट्टानको हुने संभावना ५०-५० भन्दा केही बढी मात्र छ। यही संभावनाका आधारमा ग्रहको बारेमा जानकारी राख्ने भूगर्भविद्को बयानका आधारमा यो काल्पनिक चित्र तयार पारिएको हो। हेर्दा यो राम्रो देखिन्छ। तर यस्तै हो भन्ने भ्रममा चाहिँ नपर्नुस् है।
fig10-new_kepler_planet_cand
कति हो कति ! नासाका अनुसार ४६९६ वटा ग्रह सम्भावित उम्मेदवारका रुपमा देखिएको छ अहिलेसम्म। त्यसमध्ये १०३० वटाको पुष्टि भइसक्यो। अझ रमाइलोसँग हेर्ने भए न्युयोर्क टाइम्सको यो ग्राफिक्स हेर्नुस्। नासाको प्रेस विज्ञप्ति पढ्नुस्

0 comments:

Post a Comment