आइतबार राति पृथ्बीमा अद्भुत खगोलीय घटना घट्दै !!

♠ Posted by News Express Today in at 1:33 AM
 पृथ्वीवासीहरुका लागि  आइतबारको दिन निकै महत्वपूर्ण हुँदैछ किनभने आज राती ११ बजे (लण्डनको समयअनुसार) एक विशाल क्षुद्रग्रह (एस्टेराइड) पृथ्वीको निकै नजिकबाट जाँदैछ ।
नेपालमा बिहान सवा चार बजेः
यो खगोलीय घटनालाई नेपालका मानिसहरुले भने सोमबार बिहान ४ बजेर १५ मिनेटमा हेर्न सक्नेछन् ।
खनिजले भरिएको छः
समाचार वेबसाइट द मिररको रिपोर्ट अनुसार नौ करोड टन कोरको यो क्षुद्रग्रह डुडब्ल्यू–१५८ मा पाँच खर्ब डलर मूल्य बराबरको प्लेटिनम भएको अनुमान गरिएको छ । यो पृथ्वीको सबैभन्दा नजिकको ग्रहको तुलनामा ३० गुना बढि नजिक हुनेछ ।
तस्बिर सार्वजनिक हुनेः
केनरीद्विपस्थित एक अब्जर्वेटरीबाट (स्लूह) टेलिस्कोपलाई इन्टरनेटमा जोड्ने एक परियोजनाले यसको तस्बिर सार्वजनिक गर्ने बताइएको छ  ।
निकै रोचक हुनेछ क्षणः
स्लूहका खगोलविद् बब बर्मनका अनुसार, जब हाम्रो पृथ्वीबाट कुनै क्षुद्रग्रह पास हुन्छ, त्यो अवस्था निकै रोचक हुन्छ । यो अरुभन्दा भिन्न किसिमको हुन्छ किनभने यसमा सम्भवतः धेरै मात्रामा प्लेटिनम लुकेको हुन्छ ।

0 comments:

Post a Comment