मान्छेलाइ बलि दिने प्रथा अझै गएन, बेपत्ता बालकलाइ बलि दिएकोमा ९ पक्राउ

♠ Posted by News Express Today in at 6:55 PM

साउन ०९, नवलपरासी । 
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बलि दिएको भन्दै ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोख्रेलका अनुसार स्थानीयले बालकलाई बलिदिएर हत्या गरेको जनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

गत पाँच गतेदेखि वेपत्ता १० वर्षीय बालक कुडिया ४ निवासी सोनी भन्ने जीवन कहाँरको शव शुक्रबार घरदेखि ४ सय मिटर पूर्व पिगेप गेष्ट हाउसको पछाडि फेला परेको हो । बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

गाउँमा लामाझाँक्रीको काम गर्दै आएका छिमेकी कोदई हरिजनको घरमा बालकको रगतको टाटा समेत देखिएको भन्दै प्रहरीले अनुसन्धान जारी राखेको छ ।

कोदई हरिजन फरार छन् भने अन्य ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लक्ष्मी हरिजन, विजय हरिजन, शान्ति हरिजन, सूर्यमान हरिजन, रुदल हरिजन लगायत छन् ।

– रामकुमार श्रेष्ठबाट
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

0 comments:

Post a Comment