वि.सं. २०७२ साल साउन ५ गते। मंगलबार ।

♠ Posted by News Express Today at 4:25 AM
वि.सं. २०७२ साल साउन ५ गते। मंगलबार । इश्वी सन् 2015 July 21 तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ दिल्ला थ्व। अाषाढ शुद्ध शुक्ल पक्ष। तिथि– पञ्चमी,१३:०४ बजेउप्रान्त षष्ठी । नक्षत्र– उत्तरफाल्गुनी ,२५:४० बजेउप्रान्त हस्त । योग– परिघ। करण– वालव,१३:०४ बजेदेखि कौलव, २६:०४ बजेउप्रान्त तैतिल। आनन्दादिमा धाता योग। चन्द्रराशि– ०५:४२। काठमाडौंमा सूर्योदय– ०५:२२ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी ०० पला ।
वि.सं.२०७२ साल साउन ५ गते। मंगलबार। इश्वी सन् २०१५ जुलाई २१ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ दिल्लाथ्व।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दु:ख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
समयको गतिलाई पछ्याउन नसक्दा अलि दु:ख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावमाथि विश्वास गर्नाले धोका हुन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट लाभ लाभ उठाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस । भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
सामाजिक कामको दायित्व बढ्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। ईष्र्या गर्नेहरु सक्रिय हुनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। तापनि, अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मातापिताको सहयोग प्राप्त होला। अनावश्यक खर्च हुने क्रम भने बढ्न सक्छ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने अलि कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मन खिन्न रहनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइएला। ठूलो आशा गरिए पनि न्यून उपलब्धिमै मन बुझाउनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
केही बाध्यात्मक परिस्थितिले अधैर्यपना बढ्न सक्छ। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

0 comments:

Post a Comment