विप्लव माओवादीद्वारा देशभर मशाल जुलुस; बन्द सफल पार्न यस्तो छ कार्यविभाजन

♠ Posted by News Express Today at 8:19 PM
netra-bikram-chand-biplabकाठमाडौँ। साउन ८ गतेको लागि आह्वान नेपाल बन्दको आह्वान गरेको नेकपा माआवादीले बन्द सफल पार्न नेताहरुको कार्यविभाजन गरेको छ । काठमाडौँ उपत्याका केन्द्रीय नेताहरुले मुख्य चोकको जिम्मा लिएका छन् । रत्नपार्क, बालाजु, कोटेश्वर, चावहिल, गंगाबुँ, लगनखेल भक्तपुरको सूर्यविनायक लगायत मुख्य ठाउँमा नेताको कार्यविभाज गरिएको माओवादी प्रवक्तका प्रकाण्डले डबली न्युजलाई बताए ।
प्रबक्ता प्रकाण्डको जिम्मा रत्नपार्क आर्क परेको छ । त्यसैगरि नेता तिलक परियारले नयाँ वानेश्वर मोर्चाको नेतृत्व गर्ने बताएको छ । पार्टीका केन्द्रीय सदस्य र जबसका अध्यक्षहरुले विभिन्न ठाउँमा नेतृत्व गर्ने केन्द्रीय सदस्य तथा प्रचारप्रसार इन्चार्ज शरद सिंह भण्डारीले बताए ।
यसैबीच नेकपा माओवादीले बन्दको पूर्व सन्ध्यामा देशभर एकसाथ मशाल जुलुससहित प्रर्दशन गरेको छ। काठमाडौँको उपत्यकाका तीनवटै जिल्ला र ठूला शहरमा मशाल जुलुसहित प्रर्दशन गरिएको माओवादी प्रवक्ता प्रकाण्डले बताएका छन् । काठमाडौँको बालाजु, रत्नपार्क, महाराजगंज, कलंकी, लालितपुरका लगनखेल र भक्तपुरको सूर्य विनायकमा हजारौँ माओवादी कार्यकर्ता र समर्थक र शुभचिन्तकको सहभागितामा ‘लिपुलेक हाम्रो हो, राहतका भ्रष्टाचारीलाई कारवाही गर, १६ बुँदे सहमति खारेज गर जस्ता नारा लगाउँदै मशालसहित प्रर्दशन गरिएको छ ।
भक्तपुर सेक्रेटरी क्षितिज मल्लका अनुसार नगरका विभिन्न ठाउँबाट आएको जुलुस सूर्यविनायकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन
गर्दै सेक्रेटरी क्षितिजले राष्ट्रिय स्वाधिनतालाई बचाउन आफे पार्टीले नेपाल बन्दको कार्यक्रम राखेको भन्दै सबै नगरबासीलाई भोलीको बन्दलाई सहयोग गनै आग्रह गरे। उनले राहतका भ्रष्टाचारीलाई सार्वजनिक गरेर जन कार्वाही गर्ने बताए । उनले विदेशीको दबाबमा वानेश्वरबाट संविधान घोषणा गरिए रोल्पाको थवाङबाट जनताको संविधान घोषणा गरिने बताए ।
त्यसैगरि काठमाडौँ सेक्रेटरी पुष्कर श्रेष्ठका अनुसार भोलीको बन्दलाई सफल पार्न सम्पूर्ण कार्यकर्तालाई परिचालन गरिएको छ । उनले जनताको मुद्धा भएकाले बन्दलाई सहयोग गर्न सम्पूर्ण जनसमुदायलाई आह्वान गरेका छन् । त्यसैगरि यता काठमाडौँभन्दा बाहिरका जिल्लामा पनि साझ ६ बजे मशाल जुलुसहित प्रर्दशन गरिएको बताइएको छ । 

0 comments:

Post a Comment