पासवर्डविना नै खुल्न सक्छ तपाईको फेसबुक, तर कसरि ?

♠ Posted by News Express Today at 11:41 PM


साउन,काठमाडौँ ।
तपाइँहरुलाई पासवर्डबिना नै फेसबुक खोल्न सकिन्छ भन्दा अचम्म लग्न सक्छ ? कतिपयलाई त विश्वास पनि नलाग्न सक्छ । तर यो कुरा सत्यतामा परिणत भएको छ ।

फेसबुकले आफ्ना केहि कर्माचारीले तपाइको फेसबुक अकाउण्ट चलाउनका लागि पासवर्डको आवस्यकता नपर्ने जनाएको छ । उसले आफ्ना कतिपय कर्मचारीलाई फेसबुक प्रयोगकर्ताहरुको अकाउण्ट खोल्न पासवर्ड नै आवश्यक नपर्ने अधिकार दिएको छ ।

प्रविधीसँग सम्बन्धित रिपोर्ट तयार पारी प्रकाशित गर्ने ‘भेन्टरबीट’ नामक वेवसाइटले जनाए अनुसार फेसबुकले हालै मात्र आफ्ना कतिपय कर्चारीलाई प्रयोगकर्ताहरुको फेसबुक अकाउण्ट पासवर्डविना नै खोल्न सक्ने सुविधा दिएको कुरा स्वीकार गरेको छ ।

फेसबुकले आफ्ना केहि कर्मचारीलाई प्रयोगकर्ताको फेसबुक खोल्ने अधिकार दिएको तर यस्तो अधिकार केवल निर्धारित काम गर्नका लागि मात्र दिइने उक्त वेवसाइटले जनाएको छ ।

कुनै पनि फेसबुक प्रयोगकर्ताको सुबिधा र सहयोगका लागि मात्र यस्तो गर्न सक्ने तर कुनै दुरुपयोग भएमा कर्मचारिलाई कारवाहीको समेत ब्यवस्था रहेको फेसबुकले स्पष्ट पारेको छ ।

यो नियमको उल्लङ्घन गर्ने आफना जुनसुकै कर्मचारीलाई तत्काल फेसबुकबाट निश्कासन गरिने समेत फेसबुकले उल्लेख गरेको छ ।-एजेन्सीको सहयोगमा 

0 comments:

Post a Comment