अहिले पुरुषको लिंगको टुप्पाको छाला काटिएको पाइन्छ । विशेष गरेर दक्षिण कोरियामा लिंगको टुप्पाको छाला काट्ने चलन व्यापक छ, किनभने कोरियालीहरूको लिंग सानो हुन्छ । यौनशक्ति बढाउन यसो गरिन्छ । के यसरी छाला काट्नु राम्रो हो ? पछि यसबाट केही समस्या त आउँदैन ?

♠ Posted by News Express Today in at 9:36 PM

अहिले पुरुषको लिंगको टुप्पाको छाला काटिएको पाइन्छ । विशेष गरेर दक्षिण कोरियामा लिंगको टुप्पाको छाला काट्ने चलन व्यापक छ, किनभने कोरियालीहरूको लिंग सानो हुन्छ । यौनशक्ति बढाउन यसो गरिन्छ । के यसरी छाला काट्नु राम्रो हो ? पछि यसबाट केही समस्या त आउँदैन ? 

    ०६१०

अग्रचर्म के हो ? 

लिङ्ग एक विशेष छालाले छोपिएको हुन्छ र यो लिङ्गको वरिपरि मात्र नभई यसको केही भाग लिङ्गभन्दा अगाडितिर समेत आएको हुन्छ । लिङ्गको मुण्डलाई छोप्ने यो छालाको विशेष पत्रलाई नै अग्रचर्म भनिन्छ । यसैलाई अंग्रेजीमा उचभउगअभ अथवा ायचभकपष्ल भनिन्छ । यो छाला जन्मजात नै लिङ्गसँग नटाँसिइ अर्थात् फर्काउन मिल्ने गरी आएको हुँदैन । यस्तै ९६ प्रतिशत बालकमा जन्मदा लिङ्गमुण्डसँग अग्रचर्म टाँसिएको हुन्छ । बालक ठूलो हुँदै जाँदा यो बिस्तारै छुट्टएिर जान्छ । त्यसैले बालककालमा फर्काउन नमिले पनि किशोरावस्थामा पुगेपछि भने त्यसलाई फर्काउन मिल्छ । शिश्नमुण्डको पछाडितिर केही फुकेको घेरा हुन्छ, जसलाई अयचयलब चिष्मनभ भनिन्छ र यसले लिङ्गको कजबात -नली आकारको भाग) सँग शिश्नमुण्डलाई छुट्टयाउँछ । यसको तलतिर सानो त्रिभुजाकार भाग हुन्छ, छालाको एउटा पातलो त्यान्द्रो जसलाई ाचभलगumि भनिन्छ, शिश्नमुण्डमा टाँसिएको हुन्छ ।

अग्रचर्म किन काटिन्छ ?

४ हजार वर्षभन्दा पहिले पनि अग्रचर्म काट्ने चलन रहेको कुराका अनेका प्रमाण भेटिएका छन् र अहिलेसम्म यसलाई निरन्तरता दिइँदै आइए पनि यो शल्यक्रिया गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । माथि चर्चा गरिएजस्तै उपचारका लागि यो शल्यक्रिया विशेष गरेर युवावस्थामा वा वयस्क अवस्थामा गरिन्छ । कतिपय समुदायमा धार्मिक वा परम्परागत चलनअनुसार यसलाई निरन्तरता दिइँदै आएको छ । जुडाई, मुसलमानका साथै केही इसाई समुदायमा पनि बाल्यावस्थामा अग्रचर्म काट्ने चलन छ, तर हिन्दू वा सिख समुदायमा अग्रचर्म काट्ने चलन छैन । अग्रचर्म काट्ने चलनमा पनि संसारभरि नै तुलना गरेर हेर्दा निकै भिन्नता देखिन्छ । कसैले उमेर बढी भएपछि त कसैले बाल्यावस्थामा गर्छन् भने अर्कातिर यसलाई कसैले उत्सवका रूपमा मनाउँछन् त कसैले सामान्य रूपमा ग्रहण गर्छन् । त्यसैगरी कतिपय अपि|mकी समुदाय तथा अस्ट्रेलियाली आदिवासीले पनि अग्रचर्म काट्छन् ।

अहिलेको आधुनिक समाजमा हेर्ने हो भने अमेरिकी, फिलिपिनो तथा दक्षिण कोरियालीले कुनै धार्मिक प्रयोजन नभए पनि अग्रचर्म बाल्यावस्थामै काटेको पाइन्छ । पहिलेे -६० तथा ७० को दशक) को तुलनामा अमेरिकामा यो चलन अहिले केही घटेको बताइन्छ । केही परिस्थितिमा व्यक्तिले लिङ्गलाई राम्रो वा भनौं सुन्दर देखियोस् भनेर पनि अग्रचर्म काटेको पाइन्छ । कतिपय व्यक्ति सरसफाइका कारण यसो गरिनुपर्ने मान्छन् । शिशु वा बाल्यकालमा यो शल्यक्रियाका लागि सहमति जनाउन नसक्ने भएको हुनाले उनीहरूका अभिभावकले यस्तो निर्णय गर्नु बाल अधिकारको हनन हो र यो 'नैतिक भएन' भन्नेहरूको आवाज पनि ठूलो हुँदै गएको छ ।

हालसालैका अध्ययनहरूले यसरी अग्रचर्म काट्दा एचआईभी सर्ने सम्भावनालाई निकै घटाउन सकिने देखाएकाले कतिपय अपि|mकी देशमा यसलाई एचआईभी रोकथामको उपायका रूपमा पनि लिइएको छ । 

अग्रचर्म काट्ने शल्यक्रिया 

अग्रचर्म काट्न गरिने शल्यक्रियालाई ऋष्चअumअष्कष्यल भनिन्छ । यो शल्यक्रिया अग्रचर्म साँगुरो भएको स्थितिमा गरिन्छ । १०-१५ मिनेटमै सकिने यो शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन । शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ । शल्य चिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधी सेवन गर्नुपर्ने हुन सक्छ । त्यसबाहेक केही दिनपछि आफ्नो घाऊ जँचाउन पुन: शल्यचिकित्सककहाँ पुग्नुपर्छ । यस्तो शल्यक्रिया दक्ष चिकित्सकबाट गराउँदा यसका नकारात्मक असर एकदमै न्यून भएको देखिन्छ । अग्रचर्म काटिएको स्थानको संक्रमण तथा रक्तश्राव प्राय:जसो हुने असर हुन् । काटिएको स्थानमा रगत जम्मा हुने समस्या पनि देखिन सक्छ । अस्पतालको शल्यचिकित्सा विभागमा सम्पर्क राखी यो शल्यक्रिया गराउन सकिन्छ । 

अग्रचर्म काट्ने शल्यक्रियाले यौन क्षमतामा कस्तो असर पर्ला ?

लिङ्गमा कुनै पनि विकृति देखिनु अर्थात् सामान्यभन्दा फरक देखिनु वा त्यसको उपचारमा शल्यक्रिया गर्नुपर्ने जस्तो कुरा हुनुले स्वभाविक रूपमा यौन क्षमतामा असर पर्छ कि भन्ने विचार

 वा शंका-उपशंका उठ्नु स्वभाविक हो । 

अग्रचर्मले लिङ्गको भौतिक रूपमा सुरक्षा त गर्छ नै, तर यो यौन संवदेनशील पनि हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । यो अग्रचर्म यौन सन्देश ओसारपसार गर्ने स्नायुले भरिपूर्ण हुन्छ । लिङ्गको उत्तेजना र यौनसम्पर्कको घर्षणका साथै हुने तन्काइले यौन सुख प्राप्त गर्न सहयोगी भूमिका नै खेल्छ । अग्रचर्म अगाडि पछाडि फर्कने भएकाले यौन सम्पर्कका बेला घर्षणमा सहज हुने बताइन्छ । स्वभाविक रूपमा अग्रचर्म छुट्टनिुभन्दा पहिले नै शिशु अवस्थामा अग्रचर्म काटिँदा, शिश्नमुण्डको छाला नै फरक किसिमको देखिन्छ । वयस्क अवस्थामा गरिएको शल्यक्रियामा यस्ता प्रभाव कम भए पनि परिवर्तन त देखिन्छ नै । यी परिवर्तनले शिश्नमुण्डको छाला केही कम संवेदनशील हुन्छ । अग्रचर्म काटिएको लिङ्ग तुलनात्मक रूपमा सुख्खा हुन्छ । 

अग्रचर्म काट्नुका अन्य कतिपय पक्षमा पर्याप्त जानकारी भए पनि सामान्यत: यसको यौन क्षमतामा पर्ने प्रभावका बारेमा भने पक्का जवाफ पाउन केही गाह्रो छ । अग्रचर्म काटेपछि शिश्नमुण्डको संवेदनशीलतामा कमी आउने भएकाले कतिपयले यौनसम्पर्कका बेला आनन्द कम हुने बताउँछन् भने कतिपयले यौनसम्पर्क अझ आनन्ददायक हुने दाबी गर्छन् । मास्टर्स र जोन्सनले गरेको अध्ययनमा भने अग्रचर्म काटेका तथा नकाटेका पुरुषमाझमा खासै भिन्नता देखिएन ।

0 comments:

Post a Comment