पाकिस्तानमा शक्तिशाली भूकम्प, तीनको मृत्यु

♠ Posted by News Express Today in at 11:59 PM

पाकिस्तानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा ३ जनाको मृत्यु भएको छ ।
Pakistan-Map
अमेरिकी भूगर्भीय सर्वेक्षणले ५.१ रेक्टर स्केलको भूकम्प भनेपनि पाकिस्तानी मौसम विभागले ५.५ रेक्टर भनेको छ । भूकम्पको केन्द्र पूर्वी इस्लामाबादबाट १५ किलोमिटरको दूरीमा रहेको थियो ।
भूकम्पको धक्का खैबर पख्तुनऋवा, इस्लामाबाद, रावलपिण्डी लगायतका क्षेत्रमा महसुस भएको थियो ।
सन् २००५ अक्टोबर ८ मा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा पाकिस्तानमा ७३ हजार बढीको मृत्यु भएको थियो भने लाखौ मानिस घरबारबिहीन भएका थिए । 

0 comments:

Post a Comment