आखिर छविकै बनिन् शिल्पा पोखरेल

♠ Posted by News Express Today at 8:01 PM
imagesरेखा थापाले डिभोर्स दिएपछि एक्लो बनेका निर्माता छवि ओझाले रेखासँगको इगोका कारण नयाँ नायिकालाई आफ्नो ब्यानरबाट स्थापित गराउँने अभियान थालेका थिए । त्यसक्रममा उनले चलचित्र लोफरमा रजनी केसीलाई लिए । अनुहारमा रेखा भन्दा क्यूट भए पनि अभिनयमा कमजोर देखिएपछि छविले अर्को विकल्प खोज्नुको विकल्प बाँकी रहेन । खोज्दै जाँदा छविको सम्पर्कमा आएकी रेखाकै माइती गाउँकी शिल्पा पोखरेललाई छविले ब्रेक दिए लज्जाबाट । म्यूजिक भिडियोमा जमिसकेकी शिल्पाले छविको लज्जा मात्र जोगाइदिएनन्,व्यवसायिक फाइदा पनि दिलाइन् । लज्जा रिलिज नहुँदै अर्को चलचित्र‘हवल्दार सुन्तली’मा समेत शिल्पा दोहोरिइन् । 
हवल्दार सुन्तली पनि सफल भएपछि झनै खुशी भएका छविले शिल्पालाई साथ दिइरहने अठोट गरेको उनी निकटस्थ स्रोतले बताएको छ । लज्जामा लिएदेखि नै छवि र शिल्पाको सम्बन्धका बारेमा आउँन थालेको गसिपहरुको श्रृंखला अझै सकिएको छैन । यद्यपि दुवै जनाले यसबारेमा धेरैपटक स्पष्टिकरण दिइसकेका छन् । बाहिर चर्चा जे भएपनि छविले निर्माण गर्न लागेको नयाँ फिल्म ‘किस्मत २’ मा पनि अभिनेत्रीको रुपमा शिल्पा नै हुने भएपछि कलिउड बजारमा फेरि शिल्पा–छविको जोडीको गसिपले स्थान पाउँन थालेको छ । रेखा थापाको लिड रोल रहेको सफल चलचित्र किस्मतको सिक्वेलको रुपमा निर्माण हुन लागेको किस्मत–२ मा रेखाको ठाउँमा शिल्पाले स्थान पाएपछि छविको जीवनबाट नै शिल्पाले रेखालाई रिप्लेस गर्न लागेकी हुन् कि भन्ने अड्कलबाजी फेरि शुरु भएको छ ।  
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

0 comments:

Post a Comment