बालुवाटारमा १० रेक्टरको भूकम्प !

♠ Posted by News Express Today in at 2:17 AM

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको विशेष सक्रियतामा निजामति ऐन २०४९ लाई संसोधन गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा १० रेक्टरबराबरको भूकम्प गएको गएको चर्चा कांग्रेसहरुबीच छ । प्रधानमन्त्री सुशील कोइरालाको निजी सचिवालयमा कार्यरत भान्जाभान्जी, पीएहरु प्रायः सबैले अमेरिका लगायत मुलुकको पिआर, ग्रिनकार्ड लिइसकेकोले प्रधानमन्त्री कोइराला नैतिक संकटमा परेको स्रोतको दाबी छ । कोइरालाको निजी सचिवालयमा कार्यरत भान्जा रमेश भण्डारी, भान्जीबुहारी प्रभा भण्डारी, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला पिआरधारी हुन् । 
निजामति ऐन २०७२ संसोधितले बालुवाटार दरबारमासमेत आतंक सिर्जना भएको बताइन्छ । प्रधानमन्त्रीको निजी सचिवालयमा पिआरधारीको जत्था डेरा जमाएर बसेकाले यो ऐन कार्यान्वयनमा शंका उत्पन्न हुन थालेको समाचार साँघु साप्ताहिकले छापेको छ । स्रोत भन्छ प्रधानमन्त्रीका स्वकीय सविच अतुल कोइारालासमेत पिआरका लागि खुट्टा उचालेर बसेका छन् । पीआरधारीको सफाई बालुवाटारबाटै प्रारम्भ नगरेमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री कोइरालाको समेत नैतिक धरातलमा पराकम्पन जाने निश्चित छ ।  

0 comments:

Post a Comment