जहाँ गरिन्छ रजश्वला भएकी देवीको यौनांग पुजा

♠ Posted by News Express Today at 12:09 AM

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

Kamakhya00
हिन्दु धर्ममा महिलाको मासिक धर्म अर्थात् रजश्वलाको समयलाई अपवित्र मानिन्छ र रजश्वला भएको ४ दिनसम्म महिलाहरुलाई अछुतको व्यवहार गरिन्छ । तर रजश्वला भएका महिलालाई छुन पनि नहुने कुरा उल्लेख गरिएको हिन्दु धर्मशास्त्र भएपनि देवीको हकमा भने यो लागु नहुँदो रहेछ । किनकी दुनियामा एउटा मन्दिर यस्तो छ जहाँ रजश्वला भएकी देवीको पुजा गरिन्छ ।
हो, भारतको आसामको पश्चिम गुवाहटीस्थित निलाचल पर्वतमा रहेको कामाख्या देवीको पीठमा रजश्वला भएकी कामाख्या देवीको पुजा गरिन्छ ।
मन्दिर भन्ने बित्तिकै देवी देवताका मूर्ति भएको ठाउँ बुझिन्छ । तर कामाख्या देवीको मन्दिर यो भन्दा नितान्त फरक छ । किनकी त्यो पीठमा पूजाका लागि देवीको मूर्ति छैन । छ त केवल देवीको योनी ।
देवीको यो यौनांगस्वरुपको पत्थर सधै ओसिलो भैरहन्छ । त्यसको कारण हो यसमा मूलको पानी बगिरहेको हुन्छ । मन्दिर भित्र रजश्वला भएको विश्वास गरिने कामाख्या देवीको पुजा हुन्छ तर उक्त मन्दिरमा पुजा गर्नका लागि रजश्वला भएका महिलाहरु भने छिर्न पाउँदैनन् । छिर्न त के बाहिर टेक्न पनि मनाही छ ।
Kamakhya0
भारतका ५१ शक्तिपीठमध्ये कामाख्या देवीको पीठ एउटा हो । भगवान शिवकी पत्नी सतिदेवीको पाठेघर यहीँ ठाउमा खसेको भन्ने हिन्दु पुराणहरुमा उल्लेख गरिएको पाइन्छ ।
यो शक्तिपीठमा वर्षेनी प्रजनन उत्सव पनि हुने गर्छ जसलाई अम्बुवासी पुजा भनिन्छ । यो समयमा देवी वाषिर्क रजश्वला चक्रमा गएको विश्वास गरिन्छ । यस अवसरमा मन्दिर ३ दिन बन्द हुन्छ र धुमधामका साथ चौथो दिन खोलिन्छ । यो समयमा ब्रम्हपुत्र नदी रातो हुने विश्वास गरिन्छ । देवी रजश्वला भएको र उनैको रगतका कारण नदी रातो भएको जनश्रुती छ । शक्तिपीठ नजिकैको नदीको रातो पानी भक्तजनलाई वितरण गरिन्छ । देवीको रजश्वलाको रगत मिसिएको उक्त पानीलाई निकै पवित्र मानेर मानिसहरुले स्नान तथा सेवन गर्दछन् । एजेन्सीको सहयोगमा 

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

0 comments:

Post a Comment